चाडपर्व मनाउन सरकारले जारी गर्यो यस्तो निर्देशिका

पोखरा । चाडपर्वको सिजन आउँदै गर्दा कोरोना संक्रमणबाट बच्न बचाउन सरकारले स्वास्थ्य निर्देशिका जारी गरेको छ ।

निर्देशिकामा व्यक्तिगत तथा आयोजक तहमा विभिन्न मापदण्डहरु निर्धारण गरिएका छन् जुन देशभरि नै पालना गर्नु पर्नेछ । व्यक्तिगत तहमा अत्यावश्यक तथा अनिवार्य रुपमा पालना गर्नु पर्ने गरि एसएमएस प्रावधान ल्याइएको छ जस अन्तर्गत एसको अर्थ सोसियल डिस्ट्यान्स अर्थात सामाजिक दुरी कायम राख्नु पर्नेछ ।

त्यस्तै चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्न र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्न भनिएको छ । एमको अर्थ मास्क अर्थात घरबाहिरको जमघटमा नजान र जानु परे मास्क लगाउन तथा एसको अर्थ स्यानीटाइजर अर्थात कार्यक्रमस्थलमा प्रवेश गर्दा साबुनपानीले हात धुन वा स्यानीटाइजर प्रयोग गर्न भनिएको छ ।

निर्देशिकामा सामाजिक कार्यक्रममा २५ भन्दा बढी भेला नहुन, भौतिक दुरी कायम राख्दै अभिवादन गर्न, सार्वजनिक स्थानमा नथुक्न, आर्थिक कारोबार विद्धुतीय माध्यमबाट गर्न पनि सुझाव दिइएको छ । त्यस्तै जोखिम समुहका मानिसलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशित गरिएको छ ।

आयोजकको हकमा भीडभाडको उचित व्यवस्थापन गर्ने, दैनिक २ पटक निसंक्रमिकरण गर्ने, प्रवेशद्वारमा ज्वरोको जाँच र १००.४ डिग्री भन्दा बढी ज्वरो देखिएमा सहभागी नगराउने, कार्यक्रम सकेसम्म छोटो राख्ने जस्ता प्रावधानहरु निर्देशिकामा रहेका छन् । त्यस्तै सकेसम्म टीकाप्रसाद लगायत सामाजिक दुरीका नियम भङ्ग हुने गतिविधि नगर्न र त्यस्ता गतिविधि गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button