पोखरा महानगरलाई स्वास्थ्य सामग्री सहयोग

पोखरा। पोखरा महानगरपालिकालाई भारतीय पेन्सन वितरण कार्यालय पोखराले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

पेन्सन वितरण कार्यालयका प्रमुख सेनानी शशांक त्रिपाठीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई एक सय थान पञ्जा र एक सय थान गमबुट प्रदान गरे । सो अवसरमा महानगरपालिकाका प्रमुख जिसीले कोरोना भाइरसको सङ्क्रमण विरुद्धको लडाइमा भारतीय पेन्सन क्याम्पले गरेको सहयोगप्रति आभार व्यक्त गरे  ।

पेन्सन वितरण कार्यालयका प्रमुख सेनानी त्रिपाठीले कोरोना नियन्त्रणका लागि सानो भएपनि केही सहयोग गरौं भन्ने उद्देश्यका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको बताए  ।

यसअघि पोखरा महानगरपालिकाको वडा नम्वर १० र १५ मा खाद्यान्न वितरण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारलाई रु ६० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको उनले बताए  ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बरालले प्राप्त स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमण नियन्त्रणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button