पोखराका २ सहित गण्डकीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरा महानगरका २ सहित गण्डकीमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखरा महानगर वडा नम्बर २ र ८  का २ पुरुषसहित गण्डकी प्रदेशका ३ जिल्लामा थप ४ कोरोना भाइरस संक्रमित देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार कास्कीका २ पुरुष सहित नवलपुर र स्याङ्जाका १-१ पुरुषमा कोरोना देखिएको हो ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७९ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १३८३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button