च्याम्पियन्स लिग : क्वाटरफाइनल प्रवेशका लागि सिटी र रियल भिड्दै

पोखरा । कोरोना महामारीका कारण गत मार्च देखि रोकिएका चाम्पियन्स लिगमा खेलहरु आज राति देखि सुचारु हुने भएका छन् ।

क्वाटरफाइनल प्रवेशका लागि शुक्रबार राति हुने खेलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडको सामना गर्नेछ भने युभेन्टस लियोनसँग भिड्नेछ । खेलहरु नेपाली समय अनुसार मध्य राति १२:४५ बजे खेलिनेछ । पहिलो लेगमा लियोनले युभेन्टसलाई १-० ले हराएको थियो भने सिटीले पहिलो लेगबाट रियलमाथि २-१ को अग्रता लिएको छ ।

त्यस्तै शनिबार राति बायर्न म्युनिखले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ भने बार्सिलोनाले नेपोलीको सामना गर्नेछ । पहिलो लेगमा बायर्नले चेल्सी माथि ३-० को फराकिलो जीत हासिल गरेको थियो भने बार्सिलोना र नेपोलीले १-१ को बराबरी खेलेका थिए ।

लेपजेग, एट्लेटिको म्याड्रिड, एट्लान्टा र पेरिस सेन्ट जर्मेन्स टोलीहरु प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button