राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल निर्विरोध भएकी हुन  ।

सभापतिका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको आजको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो । नवनिर्वाचित सभापति गुुरुङका प्रस्तावक देवेन्द्र दाहाल र समर्थक तारामान स्वाँर तथा सभापति बिडारीका प्रस्तावक राधेश्याम अधिकारी र समर्थकमा शेरबहादुर कुवर थिए।

सभापति भट्टको उम्मेदवारका प्रस्तावकमा दीनानाथ शर्मा र समर्थकमा रमेशजङ्ग रायमाझी तथा सभापति रावलको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा अनिता देवकोटा थिए। चारै सभापति यसअघिकै सोही समितिका सभापति थिए ।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुईदुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना छन। पुनः निर्वाचित सभापति बिडारी भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सांसद हुन। स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १८ सदस्यको निर्वाचन गत माघमा भएको थियो । प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने राष्ट्रियसभाबाट राष्ट्रिय राजनीति र महत्वपूर्ण मुद्दामा सुझबुझपूर्ण भूमिका निर्वाह हुने विश्वास गरिन्छ ।

निर्वाचित चारमध्ये दुई पुरुष र दुई महिला सभापति हुन । भूगोल र लैङ्गिक पक्षबाट समेत समावेशी चरित्र रहेको राष्ट्रियसभाले खेलेको भूमिका, यसले अघि बढाएको एकता, सहमति र सहकार्यको मूल्यमान्यता गौरव गर्नलायक रहेको भनी प्रशंसा हुँदै आएको छ । नवनिर्वाचित सभापति अनुभवी रहेका हुनाले जनता र राष्ट्रको हितका विषयमा प्रखर रूपमा उत्रन सुझाव दिँदै सदस्यहरुले सफल कार्यकालका लागि शुभकामना र बधाई ज्ञापन गरे । नवनिर्वाचित सभापतिले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आइतबार शपथ लिएपछि पदभार ग्रहण गर्ने छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button