कतार सरकारले आइडी नवीकरण बापतको अतिरिक्त शुल्क नलिने

तिलु शर्मा पौडेल, दोहा कतार । कतार भित्रिए पछि आइडी नवीकरण बापत तिर्नुपर्ने अतिरिक्त शुल्क सरकारले  नलिने भएको छ ।

कोरोनाको कारण भिसा अवधि सकिएका तथा बिदा गएको ६ महिनाभित्र फर्किन नसकेकाहरूले कतार भित्रिए पछि आइडी नवीकरण बापत तिर्नुपर्ने अतिरिक्त शुल्क नलिने भएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ।

सरकारको यो निर्णयसङै कतारबाट बिदामा नेपाल गएका तथा कोरोनाको कारण कतार फर्किन नसकेका हजारौँ नेपाली श्रमिकलाई प्रत्यक्ष राहत पुग्ने भएको छ ।

नेपालमा फसेका श्रमिकहरूले कम्पनीसँगको समन्वयमा प्रवेश अनुमति पत्र लिएको एक महिना भित्र कतार प्रवेश गर्न सक्ने भएका छन् ।

कोरोना सङ्क्रमण नियन्त्रणमा कतारले सफलता पाउँदै गई रहेको छ । चौथो चरण अर्थात् सेप्टेम्बरदेखि सबै प्रतिबन्ध हटाउने तयारीमा सरकार लागी परेको छ ।

कतारमा स्वास्थ्य मन्त्रालयले आज जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार भाइरसका कारण थप दुई सहित १ सय ८२ जनाको मृत्यु भएको छ ।

कतारमा हालसम्म कोरोना भाइरसका कारण १८ जना नेपालीहरूको मृत्यु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button