पोखरामा एक कोरोना संक्रमितको मृत्यु

पोखरा न्यूज ।  पोखरामा कोरोना भाइरस ( कोभिड -१९ ) संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

साउन १७ गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयुमा उपचाररत पोखरा १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मधुमेहका विरामी समेत रहेका उनको प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रमा उपचारकै क्रममा गय राती  ११ : ३५ मा उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । यस सँगै  गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमौनेको संख्या ५ पुगेको छ ।

प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रमा यस अघि स्याङजाका २ पुरुषको पनि उपचारकै क्रममा निधन भएको थियो।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button