आइएचएफले नेपाल ह्याण्डबल संघलाई ७ लाख ९० हजार दिने

पोखरा । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइचएफ)ले नेपाल ह्याण्डबल संघलाई करिव ७ लाख ९० हजार दिने भएको छ ।

नेपाल ह्याण्डबल संघको वैठक पछि भएका निर्णयहरुका बारेमा जानकारी दिंदे नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले उक्त कुराको जानकारी दिएका हुन । आइचएफले कोभिड १९ का कारण नेपालको ह्याण्डबल खेललाई माथी उठाउन नेपाललाई प्रदान गर्ने ६ हजार स्विस फ्र्यान्क (नेरु करिव ७ लाख ९० हजार) वैठकले स्विकृत गर्ने निर्णय गरेको उनले बताए ।

आइएचएफबाट पहिलो पटक यस्तो रकम प्राप्त भएको जानकारी दिंदै अध्यक्ष गुरुङले यसको सहि सदुपयोग गर्न वैठकमा गहन छलफल भएको बताए । उनले भने–“विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्ध नेपालको ह्याण्डबल खेल माथी उठाउन आइएचएफले सहयोग गरेको छ” उनले भने–“यो रकम कोभिडका कारण समस्यामा परेका खेलाडीको हितमा प्रयोग गर्नेछौं ।” वैठकले यो सहयोगका लागि आइएचएफलाई आभार समेत व्यक्त गरेको छ ।

यसै गरि आइएचएफको विभिन्न कार्यक्रमहरुलाई सफल बनाउन नेपालका तर्फबाट संघले विशेष पहल थाल्ने भएको अध्यक्ष गुरुङले बताएका छन । सोही सन्दर्भमा आइएचएफले साता व्यापी रुपमा ‘चिल्ड्रेन ह्यण्डबल विक’ मनाउने भएको छ । ५ वर्ष देखि १२ वर्ष उमेर समुहका वालवालिकाहरुका विचमा ह्याण्डवल खेललाई लोकप्रिय बनाउँदै तथा उनीहरुलाई सदैव खेलकुदमा क्रियाशिल बनाउने उद्धेश्यका साथ यो कार्यक्रम आयोजना हुने उनले बताए ।

भर्चुअल माध्यम द्वारा आयोजना हुने ‘चिल्ड्रेन ह्यण्डबल विक’ कार्यक्रम भदौ १ देखि ६ गते हुनेछ । आइएचएफको यो सेमिनार महत्वपुर्ण रहेको र नेपालबाट धेरै भन्दा धेरै सहभागी गराउने निर्णय वैठकमा भएको अध्यक्ष गुरुङले बताए । उनले भने–“यो सेमिनार प्रशिक्षक, रेफ्रि, खेल शिक्षक, अभिभावक, विद्यार्थीहरु, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधी, शिक्षण संस्था र विश्वविद्यालय समेत सहभागिता जनाउन पाउनेछन ।”

एशियन ह्याण्डबल महासंघ (एचएफ)ले रेफ्रिहरुका लागि आयोजना गरेको पुर्नताजगी अनलाईन प्रशिक्षण कार्यक्रम साउन ३२ देखि भदौ २ सम्म सञ्चालन हुने भएको छ । उक्त कार्यक्रममा नेपाली ह्याण्डबल रेफ्रीहरुलाई सहभागिता गराउने निर्णय भएको अध्यक्ष गुरुङले बताए । यो कार्यक्रम विभिन्न राष्ट्रका रेफ्रिहरुको सहभागिता रहनेछ । साथै, नेपाल ओलम्पिक कमिटीको विभिन्न कमिसनमा संघको तर्फबाट प्रतिनिधीत्व गराउने विषयमा समेत निर्णय भएको उनले बताए ।

संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको बैठकमा गण्डकी प्रदेशका सांसद तथा संघका उपाध्यक्ष मोहन रेग्मी, सल्लहाकार संयोजक विश्ववम मल्ल, उपाध्यक्ष प्रविन थोकर तामाङ, महासचिब सन्देश रेग्मी, कोषाध्यक्ष मिठाराम अधिकारी, सचिब रत्नज्योती मानन्धर, मुख्य प्रशिक्षक हिमाल दाहाल लगाएत केन्द्रिय सदस्यहरुले सहभागिता जनाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button