च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोना र बायर्न म्युनिख

पोखरा । च्याम्पियन्स लिगको अन्तिम १६ को खेलबाट बार्सिलोना र बायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति भएका खेलहरुमा बायर्न म्युनिखले चेल्सीलाई ४-१ तथा बार्सिलोनाले नेपोलीलाई ३-१ ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेका हुन् । यस अघि शुक्रबार रातिको खेलहरु जित्दै म्यानचेस्टर सिटी र लियोन पनि क्वाटरफाइनल प्रवेश गरिसकेका छन् ।

अब पहिलो क्वाटरफाइनलमा एटलान्टा र पिएसजीको सामना गर्नेछ भने दोस्रो खेलमा लेपजेग र एट्लेटिको म्याड्रिड भिड्नेछन् । त्यस्तै अर्को रोचक खेलमा बार्सिलोनाले बायर्न म्युनिखको सामना गर्नेछ भने अन्तिम खेल म्यानचेस्टर सिटी र लियोनबीच हुनेछ ।

क्वाटरफाइनल खेलहरु यही अगस्ट १२ देखि १५ सम्म खेलाइनेछ । अघिल्लो सिजनहरुमा खेलहरु होम र अवे गरि दुई लेगमा खेलाइने गरिएकोमा अब भने सबै खेलहरु नकआउट हुनेछन् अर्थात खेल जित्ने टोली सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button