भारतमा कोभिड सेन्टरमा आगलागी हुँदा ११ को मृत्यु

पोखरा । भारतको आन्ध्र प्रदेशस्थित कोरोना संक्रमित राख्न प्रयोग गरिएको एक होटलमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान आन्द्र प्रदेशको विजयवाडामा रहेको स्वर्ण प्यालेस होटलमा भएको आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका हुन् ।

कोरोना संक्रमितहरुको उपचार भइरहेको सो होटलमा बिहान सबेरै करिब ५ बजे आगलागी भएको थियो । आगलागीका बेला उक्त केयर सेन्टरमा ३० कोरोना संक्रमितका साथै १० अस्पतालका स्टाफहरु रहेको जनाइएको छ ।

आगलागीको शुरु भएको केही मिनेटमै अग्निनियन्त्रकहरुलाई जानकारी गराइएको थियो । २ किलोमिटरको दुरीमा रहेका अग्निनियन्त्रकहरुले करिब ३० मिनेटको प्रयासपश्चात आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट घाइते भएका करिब २० जनाको उद्धार पश्चात अस्पतालमा उपचार भइरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

घटनामा पहिले ७ जनाको मात्र मृत्यु भए पनि उपचारका क्रममा थप ४ को मृत्यु भएको हो । आगलागीको कारण सर्ट सर्किट भएको जनाइएको छ । उक्त होटलले आगलागीसम्बन्धित सुरक्षा मापदण्डहरु पूरा नगरेको आरोप लागेको छ ।

घटना पछि एक ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले आफुलाई निकै दुखित बनाएको र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभका कामना गएको जनाएको थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button