न्युजिल्यान्डमा स्थानीय संक्रमणबिनाको १ सय दिन पूरा

पोखरा । न्युजिल्यान्डमा कोरोना भाइरसको स्थानीय संक्रमणबिनाको १ सय दिन पूरा भएको छ ।

१ सय दिनसम्म स्थानीय संक्रमण नदेखिए सँगै त्यहाँको जनजीवन सामान्य अवस्थातर्फ फर्किन थालेको जनाइएको छ । प्रशान्त महासागरमा अवस्थित टापु मुलुक न्युजिल्यान्डमा हाल २३ सक्रिय संक्रमित मात्र रहेका छन् जसलाई व्यवस्थित आइसोलेसनमा राखिएको छ । त्यहाँ हालसम्म कुल १२ सय १९ जनामा मात्र कोरोना पुष्टि भएको छ जसकारण ५० लाख जनसंख्या भएको न्युजिल्यान्ड हाल विश्वकै सुरक्षित मुलुकका रुप परिचित बनेको छ ।

जनजीवन सामान्य अवस्थामा फर्किएसँगै त्यहाँका सरकारी अधिकारीहरु भने कोरोना संक्रमण फेरि फैलिन सक्ने भन्दै सशंकित भएका छन् । भियतनाम र अस्ट्रेलियामा झै कोरोनाको दोस्रो लहर फर्किने भन्दै उनीहरुले सामाजिक दुरीका नियमहरु पालना गर्न न्युजिल्यान्डका नागरिकलाई अनुरोध गरेका छन् । भियतनाममा ३ महिनासम्म कोरोना नदेखिएकोमा अचानक संक्रमण बढ्न थालेको थियो भने अस्ट्रेलियाको मेलबर्नमा दोस्रो लहर नै फैलिन थालेपछि शहरमा ६ साताको लकडाउन आव्हान गरिएको छ ।

न्युजिल्यान्डका सरकारी अधिकारीहरुले मानिसले सामाजिक दुरीका नियम पालना नगर्नुका साथै कोरोना परीक्षण गर्न अस्वीकार गर्ने, विदेशबाट आएकाहरु क्वारेन्टिनमा नबसी सार्वजनिक रुपमा निस्कने, कन्ट्याक्ट ट्रेसिङको एप प्रयोग नगर्ने जस्ता गतिविधिहरु गर्न थालेकाले जोखिम बढ्न सक्ने जनाएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button