पोखरा ।
उठ्नेछ भोलि फेरि घाईते छ देश
उस्तै हाल चारैतिर विश्व परिवेश
प्रकोप हो प्रकृतिको हातेमालो गरौं
दौडनु छ भोलि खान हुन्न है हरेस
चिनिनु छ विश्व सामु हामी पनि
जोगाएर आफ्नै भाषा अनि भेष
प्रेमभाव बाढौँ एकै सन्तान देशका
हेप्नेछ छिमेकिले नबढोस कलेश
छरिएसि झर्छ कमजोर बनी आफै
एकताले लठ्ठो बन्छ हेर आफ्नै केश।।।।