बागलुङकी सुत्केरी किशोरीको हेलिकप्टरबाट उद्धार

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा बाग्लुङबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ ।

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका-७ घर भएकी १७ वर्षीया लक्ष्मी गुरुङमा सुत्केरी अवस्थामा आउने समस्या देखिएपछि उद्धार गरि  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । । उनमा सुत्केरी अवस्थामा देखिने ह्यान्ड एन्ड कोर्प प्रोल्याप्स विथ फेटल ब्रेडिकार्डिया समस्या देखिएको जनाइएको छ ।

गम्भीर अवस्थामा उद्धार गरिएकी उनको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । ९ बजे नै उद्धार प्रयास गरिए पनि खराब मौसमका कारण दिउँसो मात्र उद्धार सम्भव भएको हो ।

गण्डकी प्रदेशले ०७५/७६ साल देखि हेली उद्धार कार्यक्रम गर्दै आएको छ । कार्यक्रम अन्तर्गत प्रदेशका ग्रामीण इलाकामा सुत्केरी हुन नसकेका महिलाको हेलिकप्टरबाट उद्धार हुँदै आएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button