आइतबार देशभर थपिए ३ सय ८० कोरोना संक्रमित

पोखरा । नेपालमा आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा ४० जना निको भइ घर फर्किएका छन् । यससँगै १६ हजार ३ सय ५३ जना कोरोनाबाट मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ रहेको छ।‍

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button