कर्मचारीमा कोरोना देखिएपछि पोखरा २७ वडा कार्यालय सिल

पोखरा । पोखरा महानगरको वडा नम्बर २७ को कार्यालयमा कार्यारत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि कार्यालय परिसर सिल गरिएको छ ।

सोमबार कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएसँगै कार्यालय आगामी ३० गतेसम्मका लागि बन्द गरिएको वडा अध्यक्ष पुर्ण कुमार गुरुङले पोखरा न्यूजलाई जानकारी दिए ।

कर्मचारीमा कोरोना पुष्टि भएसँगै महानगरबाट ३० गतेसम्मका लागि वडा कार्यालय बन्द गर्नु भन्ने पत्र प्राप्त भए पछि कार्यालय बन्द गर्न लागिएको उनले बताए ।

वडाध्यक्ष गुरुङका अनुसार शनिबार पिसिआर परीक्षणका लागि पोखरा महानगरमा नमुना संकलनका गरिएकोमा ती कर्मचारीको नतिजा पोजिटिभ आएको हो ।

स्वास्थ्य निर्देशनालयले शुरु गरेको समुदाय स्तरको कोरोना परीक्षणको क्रममा पोखराका विभिन्न वडा कार्यालयका प्रतिनिधि तथा कर्मचारीको कोरोना परीक्षण गर्ने क्रममा वडा २७  की एक महिला कर्मचारीमा कोरोना देखिएको हो ।

उनको बसोबास भने  पोखरा २६ मा  रहेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button