३ सय ६९ प्रहरीमा कोरोना पुष्टि, १ सय ४९ संक्रमण मुक्त

काठमाडौँ। देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ६९ पुगेको छ ।

हाल देशभर ३ सय ६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३ सय ६९ सङ्क्रमितमध्ये १ सय ४९ प्रहरी निको भएर घर फर्किसकेको र २ सय २० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

कोरोनाको सक्रिय सङ्क्रमितमध्ये प्रहरी प्रधान कार्यालयका १ सय १६, काठमाडौँ उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन् ।

आइतबारसम्म नेपालभर कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९ सय ७२ पुगेको छ भने १६ हजार ३ सय ५३ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । यस्तै नेपालभर आइतबारसम्म कोरोना सङ्क्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button