कतारबाट उडे १ सय ५२ नेपाली, नयाँ उडान तालिका अनिश्चित !

तिलु शर्मा । आइतबार कतारको दोहाबाट उद्धार उडानमार्फत १ सय ५२ जना नेपालका लागि उडेका छन् ।

नेपाल एयरलाइन्सको २९ औँ सहजीकरण उडान अन्तर्गत एयरलाइन्सको NA 2392 को उडानबाट १२ महिला सहित १५२ जना नेपाल फर्किएको जानकारी नेपाली दूतावासका श्रम सहचारी अनुज गौतमले दिएका छन् । विमान साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने समय तालिका रहेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड-१९ का कारणबाट प्रवासमा असहज परिस्थितिमा रहेका नागरिकलाई स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” तथा राजदूतावासले जारी गरेको फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराई प्राथमिकता अनुरूप दोहाबाट काठमाण्डौका लागी उडानहरू भइरहेका छन् ।

नेपाल प्रस्थान गर्ने यात्रुहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो । अहिलेसम्म कतारबाट कुल ५२०२ जना सहित ४६ वटा लास नेपाल पुगिसकेका छन् ।

हाल नेपाल तथा हिमालयन एयरलाईन्सले संयुक्त रूपमा चार्टर उडान गर्दै आए पनि थप उडान कहिले हुने बारे अनिश्चितता बढेको छ । कोरोना तथा विभिन्न कारणले कतारमा रोजगारी गुमाउने नेपालीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button