इजरायलमा बन्दैछ करिब २ करोडको यस्तो मास्क

पोखरा । इजरायलका एक ज्वेलर कम्पनीले विश्वकै महङ्गो दाबी गरिएको हिराजडित सुनको मास्क बनाउने क्रममा रहेको बताएको छ ।

करिब २ करोड मुल्यको सो मास्क १८ क्यारेटको ह्वाइट गोल्डले बन्नेछ भने ३ हजार ६ सय काला र सेता हिराका टुक्राले सुसज्जित हुने कम्पनीले जनाएको छ । मास्कका डिजाइनर आइज्याक लिभाइका अनुसार ग्राहकको माग अनुसार मास्कमा एन९९ फिल्टरको प्रयोग हुनेछ । एन९९ फिल्टरलाई मास्कमा प्रयोग हुने फिल्टर मध्ये सबैभन्दा उच्च गुणस्तरको फिल्टर मानिन्छ ।

डिजाइनर आइज्याकका अनुसार ग्राहकले मास्क निर्माणका लागि अन्य दुई माग पनि राखेका छन् । पहिलो माग अनुसार मास्क यो वर्षको अन्त्य सम्म निर्माण हुनु पर्नेछ भने दोस्रो माग अनुसार मास्क विश्वकै महङ्गो मास्क हुनुपर्नेछ । पहिलो माग पूरा गर्न खासै कठिन नभए पनि दोस्रो माग पूरा गर्न भने निकै कठिन हुने उनले बताए ।

करिब २ सय ७० ग्राम तौलको सो मास्क साधारण मास्क भन्दा करिब १ गुणा गर्हुङ्गो हुनेछ । मास्क निर्माताको परिचय नखुलाए पनि उनी अमेरिकामा बस्दै आएका चीनका व्यापारी रहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button