इन्डोनेसियामा सिनाबुङ्ग ज्वालामुखी विस्फोट

पोखरा । इन्डोनेसियाको माउन्ट सिनाबुङ्ग ज्वालामुखी सोमबार विस्फोट भएको छ ।

सुमात्रा टापुमा रहेको ज्वालामुखीले आकाशमा साढे १६ हजार फिटसम्म लाभा ओकलेको तथा नजिकैको गाउँमा खरानी थुपारेको छ । ज्वालामुखीबाट निस्केको खरानी र शीतकण जमिनमा ५ सेन्टिमिटरसम्मको रास बनेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ज्वालामुखीका कारण सिनाबुङ्ग देखि २० किलोमिटरको दुरीमा रहेको बेरास्तागीमा समेत गाडीहरुले दिउँसै हेडलाइट बालेर हिँड्नु परेको छ । इन्डोनेसियाको भोल्क्यानोलोजी तथा जियोलोजिकल हाजार्ड मिटिगेसन सेन्टरले ज्वालामुखीको क्रेटरबाट ५ किलोमिटर आसपास स्थानीयलाई नजान अनुरोध गरेको छ । ज्वालामुखीले लाभासमेत फाल्न सक्ने केन्द्रले चेतावनी दिए तापनि खरानीले हवाई यात्रालाई भने प्रभावित नपारेको जनाइएको छ ।

विगतमा सिनाबुङ्ग क्षेत्रका करिब ३० हजार मानिस ज्वालामुखीका कारण विस्थापित भइसकेका छन् । ४ शताब्दीसम्म निष्क्रिय बसेको उक्त ज्वालामुखी सन् २०१० मा पहिलो पटक विस्फोट भएको थियो भने २०१४ र २०१६ मा गरी थप दुई पटक विस्फोटन भइसकेको छ ।

२०१० मा पहिलो पटक विस्फोट भए यता ज्वालामुखीबाट २५ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button