गोरखाका २ बालकसहित थप ३ जनामा कोरोना पुष्टि

पोखरा । गोरखाका २ बालकसहित थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार गोरखाका ७ र १० वर्षीय २ बालक तथा ३२ वर्षीया १ महिलामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २३ पुगेको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button