एन्फाको साधारण सभा अनिश्चित

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)को १९ औं साधारण सभा अनिश्चित भएको छ ।

एन्फाको पूर्व घोषित कार्यक्रम अनुसार आगामी भदौ १५ गते हुने भनिएको १९ औं साधारण सभा कोभिड १९ का कारण अनिश्चित भएको हो । एन्फाका प्रवक्ता किरण राईले एक प्रेस विज्ञप्ती मार्फत उक्त कुराको जानकारी दिंदै यतिवेला कोरोनाको जोखिम बढ्ने भन्दै साधाररण सभा स्थगित गर्नुपरेको जनाएका छन ।

अहिले कोरोना सक्रमण समुदायस्तरमा नै विस्तार हुन थालेको र नेपाल सरकारले सर्तकता अपनाउँदै गोष्ठि, भेला, सम्मेलन लगाएतका कार्यक्रम निषेध गरेकोले साधारण सभा अर्को सूचना जारि नभए सम्मका लागि स्थगन गर्नुपरेको जारि विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button