साउदीमा मृत्युवरण गरेकाहरुले बुझ्न बाकिँ रकम नेपाल आइपुग्यो

पोखरा । साउदी अरबमा वैदेशिक रोजगारी गर्ने क्रममा मृत्युवरण गरेकाहरु ९५ नेपालीले बुझ्न बाकिँ रहेको रकम नेपाल ट्रान्सफर गरिएको छ ।

साउदी अरबको रियादस्थित नेपाली राजदूतावासले त्यहाँ मृत्युवरण गरेका नेपाली नागरिकले पाउन बाकिँ तलब, भत्ता, सर्भिस बेनिफिट र ब्लड मनी ट्रान्सफर गरेको जानकारी दिएको हो । राजदूतावासका अनुसार ९५ जनाले पाउनु पर्ने साढे १४ लाख रुपैयाँ नेपालस्थित कन्सुलर सेवा विभागमा ट्रान्सफर गरिएको हो ।

रकम मृतकका कानुनी हकवालाले प्राप्त गर्न सक्ने पनि दूतावासले जनाएको छ । त्यस्तै कोरोनाका कारण दूतावासले नेपाली नागरिकका तर्फमा गर्दै आएको बहस पैरवी अवस्था सामान्य भए पछि पुन सुचारु हुने पनि जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button