तेक्वान्दोका निर्णायक खड्का उत्कृष्ट

पोखरा । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

थाइल्यान्डको हिरोज तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो । प्रतियोगितामा करिब २५ राष्ट्रका ३ सय ५० खेलाडीको सहभागिता रहेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका खड्काले जनाएका छन् ।

प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, ट्युनिसिया, भारत, मलेसिया, चीन र कोरिया गरी ७ राष्ट्रका निर्णायकको सहभागिता थियो । लकडाउनको अवधिमा भएका विभिन्न प्रतियोगितामा खड्का तीन पटक उत्कृष्ट निर्णायक चुनिएका हुन् । निर्णायकको करियरमा समग्रमा खड्का ७ पटक उत्कृष्ट निर्णायक बनेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button