कोरोना पुष्टि भएपछि पोखराको सहकारी र बैंकको शाखा बन्द

पोखरा । पोखरामा मंगलवार बिहान बैंक र सहकारीमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि ति दुबै संस्था बन्द गरिएको छ ।

सिर्दाथ बैंकको पोखराको लेकसाइड स्थित शाखा र पोखरा ५ स्थित एक सहकारीका कर्मचारीमा कोरोना पुष्टि भएपछि बन्द गरिएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।

बैंकमा कार्यरत एक ३० वर्षिय पुरुष, पोखरा ५ निवासी सहकारीमा कार्यरत ३८ वर्षिया महिला कर्मचारीमा मंगलवार बिहान कोरोना पुष्टि भएको हो । महिला कर्मचारीका एक ११ वर्षिय छोरामा समेत कोरोना पुष्टि भएको छ ।

उनीहरुमा कोरोना पुष्टि भए संगै ति संस्था वन्द गरि कन्ट्याक्ट ट्रेसिङको कार्यलाई तिव्रता दिइएको महाशाखा प्रमुख पौडेलले वताएका छन । पोखरामा केही दिन देखि यता कुनै ट्राभल हिष्ट्रिनै नभएकाहरुलाई कोरोना सक्रमण देखिन थाले पछि स्वास्थ्य महाशाखाले निकै सजगताका साथ कन्ट्याक्ट ट्रेसिङको काम लाई अघि वढाएको उनले बताए ।

पोखरा १७ मा देखिएका ४५ वर्षिय महिलामा समेत कोरोना पुष्टि भएको बताउँदै स्वास्थय महाशाखा प्रमुखले उनको परिवार लगाएत संग पनि यसवारे सोधपुछ भइरहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button