ओलम्पिकको तयारीमा रहेका करातेका खेलाडीको प्रशिक्षण स्थगित

पोखरा । पछिल्लो समय कोरोनाको सक्रमण नेपालमा वढ्दै गए पछि टोकियो ओलम्पिक २०२० को तयारी गरिरहेका कराते खेलाडीहरुको प्रशिक्षण स्थगित भएको छ ।

काठमाडौँमा समेत पछिल्लो समय सक्रमण दर वढ्न थालेपछि करातेको प्रशिक्षण स्थगित गर्नुपरेको करातेका प्रशिक्षक दिपक श्रेष्ठले एक विज्ञप्ती मार्फत जनाएका छन । केहि दिन अघि खेलक्षेत्रका एक जना व्यक्तिलाई समेत संक्रमण भएको खवरले हाललाई प्रशिक्षण स्थगित गर्नुपरेको उनले बताएका छन ।

केहि समय हामी खेलक्षेत्र मात्र नभई सबै नागरिक सचेत रहनुपर्ने र नेपाल सरकारको निर्देशन लाई समेत पालना गर्नुपर्ने भएकोले प्रशिक्षण स्थगित गर्नुपरेको प्रशिक्षक श्रेष्ठले बताए । टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोली सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत रहेको थियो ।

गत २०७६ चैत ११ गतेबाट नेपालमा शुरु भएको लकडाउनका कारण स्थगित भएको प्रशिक्षण यहि साउन ७ गते बाट पुनः शुरु भएको थियो । प्रशिक्षणमा फर्किएका खेलाडी निकै उत्साहित भएपनि प्रशिक्षण पुरा हुन नपाउँदै पुनः घरमा वस्न वाध्य हुनुपरेको छ ।

टोकियो ओलम्पिका लागि नेपालका तर्फवाट वाइल्डकार्डका लागि सिफारिसमा परेका नेपालका खेलाडी द्वय अनु अधिकारी र नविन रसाइलीले तयारी गरिरहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button