भुटानमा पहिलो पटक लकडाउन

पोखरा । कोरोना महामारी शुरु भए यता पहिलो पटक भुटानमा मङ्गलबार देखि लकडाउन घोषणा गरिएको छ ।

भुटानको राजधानी थिम्पुमा एक महिलामा कोरोना पुष्टि भए पछि त्यहाँ लकडाउन घोषणा गरिएको हो । कुवेतबाट फर्किएकी ती २७ वर्षीया महिलामा क्वारेन्टिन अवधि पूरा गरि निस्किए पछि कोरोना पुष्टि भएको थियो । उनले अन्य थुप्रै मानिससँग सम्पर्क स्थापित गरेको भन्दै लकडाउन लागू गरिएको जनाइएको छ । उनको सम्पर्कमा आएका २ सय १० जनाको पहिचान गरिएको त्यहाको प्रधानमन्त्री कार्यालयले जानाकारी दिएको छ।

पछिल्लो केससँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ । साढे ७ लाख जनसंख्या भएको भुटानमा अमेरिकाबाट आएका एक पर्यटनमा पहिलो पटक कोरोना देखिएपछि विदेशबाट आउने सबैलाई अनिवार्य ३ हप्ते क्वारेन्टिनमा राखिने गरिएको छ ।

भुटान सरकारले लकडाउन पछि आफ्ना सबै नागरिकलाई घरमै बस्न अनुरोध गरेको छ भने सबै स्कुल, ईन्स्टिच्युट, अफिस तथा व्यापार व्यवसाय पनि बन्द गर्न निर्देशन दिएको छ । पर्यटन उद्योगले धानिएको भुटानी अर्थतन्त्र कोरोना महामारीले हाल धराशायी भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button