“१९१७ को स्पेनिस फ्लुले दोस्रो विश्वयुद्ध समाप्त गर्यो”: ट्रम्प

पोखरा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को एक हास्यास्पद अभिव्यक्ति दिँदै १९१७ को स्पेनिस फ्लुले दोस्रो विश्वयुद्ध समाप्त गरेको बताएका छन् ।

ट्रम्पले ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सन् १९१७ मा आएको स्पेनिस फ्लू महामारीका कारण दोस्रो विश्वयुद्ध नै रोकिएको बताएका थिए । ट्रम्पका अनुसार करिब ५ देखि १० करोड मानिसको ज्यान लिएको सो फ्लूले गर्दा युद्ध नै रोकिएको थियो किनकी सबै सेनाहरु नै फ्लुबाट संक्रमित भएका थिए ।

उक्त अभिव्यक्ति पछि ट्रम्प ईतिहास विषयमा निकै कमजोर भएको भन्दै सामाजिक सञ्जाल भरी उनको व्यापक मजाक उडाइएको छ । ट्वीटरमा स्पेनिस फ्लू र सेकेन्ड वर्ल्ड वार ट्रेन्डिङमा नै आएका छन् । स्मरण रहोस् दोस्रो विश्वयुद्ध १९३९ मा शुरु भएर १९४५ मा समाप्त भएको थियो ।

यसै सम्बोधनका बीछ ह्वाइटहाउस बाहिर गोली चलेपछि ट्रम्पलाई सुरक्षित स्थानमा लगिएको थियो । घटनामा संलग्न बन्दुकधारी नियन्त्रणमा आए पछि उनले ९ मिनेट पश्चात फेरि सम्बोधन गरेका थिए । गोलीकाण्ड पछि ह्वाइटहाउसमा कडा लकडाउन गरिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button