मङ्गलबार एकै दिन थपिए ६ सय ३८ कोरोना संक्रमित

पोखरा । नेपालमा मङ्गलबार थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा १ सय ७१ जना निको भइ घर फर्किएका छन् । यससँगै १६ हजार ६ सय ६४ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ रहेको छ।‍

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button