बागलुङको चुङ खोलामा महिला मृत फेला

बागलुङ। बागलुङको चुङ खोलामा एक महिलाको शव फेला परेको छ ।

सोमबार बागलुङको निसिखोला गाउँपालिका- ७ चेलावाङ स्थित चुङ खोलाको किनारमा ६७ वर्षीया क्रमती घर्तिमगरको शव फेला परेको हो ।

बागलुङ निसिखोला गाउँपालिका-६ रोवाङ घर भएकी घर्तीमगरको शव स्थानीयहरुले बिहान करिब ११:५० बजे देखेको जनाइएको छ । उनको मृत्युको कारण बारे भने कुनै जानकारी दिइएको छैन ।

शवको उनको आफन्तले सनाखत गरेको तथा घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button