पोखराका २ वडामा थपिए ११ कोरोना संक्रमित

पोखरा । पोखराका दुई वडाका ११ जना सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार साँझ पोखरा–९ का ४ महिला र २ पुरुष, पोखरा-१९ का ५ महिला तथा स्याङ्जाका ४ महिला र २ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।

संक्रमण पुष्टि हुनेमा ११ देखि ८० वर्षका रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ४८ पुगेको छ । त्यस्तै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button