नेपालमा कोरोनाबाट थप ४ को मृत्यु

काठमाडौँ। नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका २ तथा काभ्रे र सिन्धुपाल्चोकका १-१ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षिय पुरुष रहेका छन । उनको साउन २६ गते प्रादेशिक अस्पताल जनकपुरमा उपचरका क्रममा मृत्यु भएको हो ।

यस्तै धनुषाको मिथिला विहारी नगरपालिका ५ का ५० वर्षिय पुरुषको कोरोनाबाट साउन २५ गते निधन भएको हो । उनी क्यान्सर अस्पताल जनकपुरमा कार्यरत थिए ।

यसैगरी काभ्रेको पाँचखाल नगरपालिका १ बस्ने ५० वर्षिया महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुर र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ४ का ८४ वर्षिय वृद्धको २२ गते त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासीक तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button