बल्खुबाट हराएका तनहुँका पत्रकारको शव हेटौंडामा भेटियो

काठमाडौँ। बल्खुबाट तीन दिन अघि देखिएका हराएका पत्रकार बलराम बानियाँको शव फेला परेको छ ।

कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँको शव मङ्गलबार मकवानपुरको माण्डो जलविद्युत आयोजनामा भेटिएको हो । सोमबार दिउँसो काठमाडौंको बल्खु खोला पुलमा देखिएका बानियाँ त्यसयता सम्पर्क विहीन भएका थिए । उनको मोबाइल पनि सोमबार दिउँसो बाटै स्वीच अफ भएको थियो भने बल्खुका स्थानीयले पुलबाट मानिस हामफालेको बताएका थिए ।

मङ्गलबार फेला परेको मृतकको शव आज फोटो पठाए पछि मात्रै परिवारले सनाखत गरेको जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button