प्याब्सन कास्कीद्वारा प्राचार्य चापागाईको निधन प्रति दु:ख व्यक्त


पोखरा । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले पाइरल ग्यालेक्सी माध्यमिक विद्यालयका संस्थापक–प्राचार्य नारायण चापागाईको निधनमा दु:ख व्यक्त गरेको छ ।

प्यावसन कास्कीका अध्यक्ष प्रेम शर्माले एक विज्ञप्ती मार्फत चापागाईको निधनमा दुःख व्यक्त गर्दै उनको असमायिक निधनले घर, परिवार र समाजमा मात्र नभएर सिङ्गो शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुर्याएको बताएका छन ।

शिक्षा क्षेत्रले एक कर्मठ एवम लगनशिल व्यक्तित्व गुमाएको भन्दै अध्यक्ष शर्मा दिवंगत आत्माको चीरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन । प्याब्सन कास्की कार्यसमितीका सदस्य समेत रहेका प्राचार्य चापागाईको ४३ वर्षको उमेरमा काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा यहि साउन २६ गते निधन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button