फेवाताल किनारको फुट ट्रयाकमा भिडभाड नगर्न अपिल

पोखरा । पोखरामा कोरोनाको सक्रमण वढे संगै पोखरा महानगर वडा नं ६ को कार्यालयले फेवाताल किनारको फुट ट्रयाकमा भिडभाड नर्गन अपिल गरेको छ ।

फेवातालको फुट ट्रयाकमा दिनहु जसो मर्निङ वाक र घुम्न जानेको भिडभाड वढेपछि कोरोना सक्रमणको जोखिम रहेको भन्दै सूचना प्रकाशित गरि यस्तो अपिल गरेको हो । संधै विदेशी र आन्तरिक पर्यटकको चहलपहल हुने लेकसाइडमा कोरोना संक्रमण वढे संगै तिनीहरुको संख्या समेत ह्वात्तै घटेको छ ।

वुधवार मात्रै वडा नं ६ प्रगती मार्गमा बस्ने एकजनालाई कोरोना पुष्टि भएपछि उनको सम्पकर्मा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणको काम भइरहेको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले अत्यावश्यक काम वाहेर घर बाहिर ननिस्कन, सरसफाईमा ध्यान दिन, सेनिटाइजर र मास्कको प्रयोग गर्न वडा अध्यक्ष जगत बहादुर पाहारीले आग्रह गरेका छन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button