मुस्ताङमा १७ महिने बालकको मृत्यु

पोखरा । मुस्ताङमा मोटरसाइकलको कार्बुरेटर चुसेर बिरामी भएका एक १७ महिने बालकको मृत्यु भएको छ ।

बुधबार बिहान करिब १० बजे धनुषा बतेश्वर गाउँपालिका-१ का किरण थापाको १७ महिने छोरा कृष्ण थापाको जोमसोम अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा प्रयोग हुने कार्बुरेटर चुसेर बिरामी परेका बालकलाई जोमसोम जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतकका बुबा किरण थापाले मुस्ताङ घरपझोङ गाउँपालिका-३ जोमसोममा त्रिशुला मोटरसाईकल वर्कशप सञ्चालन गर्दै आएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button