गायक रमेश कडेलको “फेसबुकमा” सार्वजनिक (भिडियोसहित)

पोखरा। गायक रमेश कडेलले “फेसबुकमा” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन्। बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली सांगीतिक क्षेत्रमा क्रियासिल कडेलले यो गीत सार्वजनिक गरेका हुन् ।

नाच्न मिल्ने रमाइलो शैलीको गीतमा स्वर रमेश कडेलको छ । दिपेश चापागाईको रचना, गोविन्द हुमागाईले संगीतरहेको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्।

गीतको म्युजिक भिडियो पनि राम्रो बनेको छ । भिडियोमा सुनिल क्षेत्री र सिम्पल खरेलको जोडी देख्न सकिन्छ। भिडियोलाई नेपाली ठिटो समूहले कोरियोग्राफी गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन्। सुनिल क्षेत्रीको निर्देशनमा भिडियो तयार पारिएको भिडियो गायक कमल खत्रीको अफिसिएल च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गायक कडेलका यसअघि “मायालु”, “देख्न पाउ” , “ईमेल इन्टरनेट”, ‘सरर हावा” लगायतका गीतहरु सार्वजनिक भैसकेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button