पोखराका ३ सहित गण्डकीका ६ जनामा कोरोना पुष्टि

पोखरा । पोखराका ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बेलुका पोखरा–२७ का २ पुरुष र एक महिलामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार ३२ र ४४ वर्षीय दुई पुरुष तथा ३१ वर्षीय एक महिलामा कोरोना देखिएको हो ।

यसै गरी तनहुँ जिल्लाको भिमाद – ६ का ३९ वर्षीय पुरुष र नवलपुर कावासोती १७ का ४१ वर्षीय पुरुष र वडा नखुलेका २७ वर्षीय पुरुषमा बुधबार बेलुका कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा राखिसकिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button