पोखरा-२७ वडा कार्यालयका अर्का कर्मचारीमा पनि कोरोना पुष्टि, थप एक कर्मचारीमा पनि कोरोनाको आशंका

पोखरा । पोखरा महानगरपालिका को  वडा नं २७ का थप एक कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

वडामा बुधवार राति संक्रमण पुष्टि भएका ३ जना मध्ये एक पुरुष वडाकै कर्मचारी रहेको वडाध्यक्ष पूर्ण कुमार गुरुङले पोखरा न्यूजलाई जानकारी दिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएर परीक्षण गराएका २ कर्मचारी मध्ये १ जनाको नतिजा पोजेटिभ आएको र अर्का एक कर्मचारीको नतिजा पनि शंकास्पद आएकाले आज फेरी पुन: परीक्षण गर्न लागिएको वडाध्यक्ष गुरुङले बताए ।

वडा कार्यालयमा कार्यारत एक कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भए पछि कार्यालय ३० गतेसम्मका लागि भन्दै  बन्द गरिएको छ । अहिले आफुँ लगायतका वडा कार्यालयका सबै होम क्वारेन्टिनमा रहेको र सम्पर्कमा आएका सबैजनाको पहिचान गरी कोरोना परीक्षण गर्ने काम भैरहेको उनले बताए।

बुधबार बेलुका वडामा कोरोना पुष्टि भएका ३ जना मध्ये एक जना बैंकका कर्मचारी र अर्का एक जना वर्कशपका कामदार रहेको जानकारी प्राप्त भएको वडाध्यक्ष गुरुङले बताए ।

बुधबार राति मात्र नतिजा आएकाले आज उनीहरुको सम्पर्कमा रहेकाहरुमा कन्ट्याक्ट ट्रेसिंग लगायतका कार्यहरु अघि बढाइने उनले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button