मेलिना राईको ‘आँखामा आँशु”

पोखरा। गीतकार राजेश अर्यालले ‘आँखामा आँशु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

अमेरिकामा रहेर निरन्तर गीत संगीत र कृषि कर्म गरेर अघि बढिरहेका गीतकार अर्यालको यस गीतमा स्वर मेलिना राईको रहेको छ । प्रदिप सुवेदीको शब्द रहेको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीतवद्द गरेका हुन् भने रिकेश गुरुङले संगीत संयोजनको जिम्मेवारी पुरा गरे ।

म्युजिक भिडियोमा कमल सिंह र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकाको सबैभन्दा ठुलो नेपाली फार्म ब्रूक मेडो फार्मको लगानीमा भिडियो निर्माण भएको हो। गीतकार अर्यालको अफिसिएल च्यानल “राजेश अर्याल” मार्फत भिडियो सार्वजनिक गरिएको हो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button