२०२० को पेरिस म्याराथन स्थगित, अब २०२१ मा खेलाइने

पोखरा । कोरोना महामारीका कारण पेरिस म्याराथनको २०२० संस्करण स्थगित गरिएको छ ।

पहिले अप्रिल ५ मा हुने भनेको प्रतियोगिता महामारीका कारण नोभेम्बर १५ का लागि सारिएको थियो । सारिएको मितिमा पनि प्रतियोगिता गर्न सम्भव नभएपछि यस वर्षको संस्करण नै स्थगित गरिएको हो । अब सन् २०२१ मा प्रतियोगिताको अर्को संस्करण आयोजना गरिनेछ ।

प्रतियोगिताका अघिल्ला संस्करणहरुमा विश्वभरका ख्यातिप्राप्त खेलाडी साथै करिब ४० हजार सहभागी हुने गरेका थिए । आयोजकहरुले विदेशबाट सहभागीहरु आउन कठिन हुने तथा प्रतियोगिता आयोजना गर्दा संक्रमण समेत फैलिन सक्ने भन्दै म्याराथन स्थगित गरिएको जनाएका छन् ।

कोरोना महामारीका कारण विश्वभरका थुप्रै ठुला म्याराथन प्रतियोगिताहरु स्थगित भइसकेका छन् । यस अघि न्युयोर्क सिटी म्याराथन, बर्लिन म्याराथन, सिकागो म्याराथन पनि स्थगित भइसकेको छ ।

त्यस्तै अर्को ख्यातिप्राप्त बोस्टन म्याराथन कोरोना भाइरसका कारण १ सय २४ वर्षको इतिहासमा पहिलोपटक स्थगित गरिएको थियो भने लन्डन म्याराथन अब व्यवसायिक विधामा मात्र खेलाइने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button