महामारीबीच पनि एसियामा कार्ल्सबर्गको व्यापारमा वृद्धि

पोखरा । कोरोना महामारी बीच पनि एसियामा कार्ल्सबर्गको व्यापारमा वृद्धि आएको छ ।

डेनिस बियर कम्पनी कार्ल्सबर्गको पुर्वी र पश्चिमी युरोपमा व्यापार घटे पनि एसियामा भने उल्लेख्य वृद्धि भएको जनाइएको छ । एसियामा व्यापार बढे पनि कम्पनीको दोस्रो त्रैमासिकको रिपोर्ट अनुसार कार्ल्सबर्गको नाफा भने ७.३ प्रतिशतले घटेको छ । त्यस्तै उक्त अवधिमा कम्पनीको समग्र आम्दानी १४.६ प्रतिशतले तथा कुल बिक्री पनि ७.८ प्रतिशतले घटेको जनाइएको छ ।

कोरोना महामारीले बजार परिवेश बदलेको बताउँदै कार्ल्सबर्गका सिइओ सेस्ट हार्टले त्यही अनुसार व्यापारलाई प्रयत्न भइरहेको जानकारी दिए । उनले आम्दानी घटेको प्रभावलाई कम गर्न कम्पनीले खर्च, तरलता तथा नगद व्यवस्थापन तिर धेरै ध्यान दिएको बताए ।

महामारीका कारण कम्पनीले यस वर्ष अपरेटिङ नाफा १५ प्रतिशतबाट १० प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button