पोखरामा ठुलो मात्रामा घरेलु मदिरा र कच्चा पदार्थ बरामद

पोखरा । पोखरा उपत्यका तथा आसपासबाट घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको छ ।

मङ्गलबार र बुधबार पोखराका विभिन्न स्थानहरुबाट कास्की प्रहरीले १० लिटर घरेलु मदिरा तथा ४ सय लिटर कच्चा पदार्थ बरामद गरेको हो । प्रहरीका अनुसार मङ्गलबार पोखरा -११ फुलबारी स्थित सुन्तली श्रेष्ठको कोठाबाट १ सय ५० लिटर कच्चा पदार्थ चिनी तथा मर्चा र सोही स्थानकी राधिका थापामगरको कोठाबाट १० लिटर तयारी मदिरा तथा १ सय ५० लिटर कच्चा पदार्थ बरामद गरिएको हो ।

त्यस्तै बुधबार कास्की-१४ मनकामना टोल स्थित टेकबहादुर गुरुङको घरबाट १ सय लिटर कोदो मर्चा र चिनी मिसाएको मदिराजन्य कच्चा पदार्थ बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Bidashi alcohol pane band gar Sarkar kena local rakshi matra falxas sakxas bhnay bidashi rakshi pane falna

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button