पोखरामा जुवाखालबाट १७ जुवाडे पक्राउ

पोखरा । पोखरामा जुवा खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।

पोखरा -१० मिलनटोलस्थित एक घरबाट प्रहरीले जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा १७ जनालाई १ लाख नगदसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनामा पक्राउ पर्नेमा ८ पुरुष र ९ महिला रहेका छन् ।

उक्त स्थानबाट प्रहरीले एकलाख दुई हजार चार सय नव्बे  रुपैया नगद,  २ सय २४ पत्ती तास , एउटा हरियो कम्बल र एउटा गलैंचा पनि बरामद गरेको उल्लेख गरेको छ ।

पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरु :

१. पोखरा – १४ मझेरीपाटन घर भई हाल पोखरा -१० मिलनटोल बस्ने महेन्द्र हमालकी श्रीमती बर्ष ५० की ज्ञानु हमाल ।
२. कास्की मादी – ३ घर भई हाल पोखरा -१० मिलनटोल बस्ने धनसुबा गुरुङको छोरा बर्ष ५७ का भु बहादुर गुरुङ ।
३.लमजुङ पसगाँउ घर भई हाल पोखरा -१० मिलनटोल बस्ने ईश्वर गुरुङकी श्रीमती बर्ष ५० की अस्मिता गुरुङ ।
४. कास्की मादी – ३ घर भई हाल पोखरा -१० जनप्रिय टोल बस्ने भद्रसिंह गुरुङको छोरा बर्ष ५२ को डम्बर बहादुर गुरुङ ।
५. पोखरा -१० मिलनटोल बस्ने अमरसिंह गुरुङको छोरा बर्ष ५८ को बल बहादुर गुरुङ ।
६. पोखरा -१० मिलनटोल बस्ने राज कुमार गुरुङको श्रीमती बर्ष ४२ की ईन्द्रा गुरुङ ।
७. पोखरा -१० मिलनटोल बस्ने फौदासिंह भुजेलको छोरा बर्ष ६२ को राधेश्याम भुजेल ।
८. लमजुङ क्होलासोथार -७ घर भई हाल पोखरा – १० मिलनटोल बस्ने थने गुरुङको छोरा बर्ष ५६ को मन बहादुर गुरुङ ।
९. कास्की मादी-३ घर भई हाल पोखरा -१० मिलनटोल बस्ने लोक बहादुर गुरुङको श्रीमती बर्ष ३४ की हिम कुमारी गुरुङ ।
१०. खोटाङ घर भई हाल कास्की पोखरा -१० मिलनटोल बस्ने कुमार राईको श्रीमती बर्ष ४६ की ईन्द्रा राई ।
११. कास्की मादी -२ ताङतिङ घर भई हाल पोखरा-१० मिलनटोल बस्ने बिल बहादुर गुरुङको श्रीमती बर्ष ७२ की केश कुमारी गुरुङ ।

१२.  खोटाङ हिले -७ घर भई हाल पोखरा -१० मिलनटोल बस्ने पदम राईको श्रीमती बर्ष ४८ की राजलक्ष्मी राई ।
१३. कास्की माछापुच्छ्रे -२ भुज्रुङखोला घर भई हाल पोखरा -१० मिलनटोल बस्ने सुक बहादुर गुरुङको श्रीमती बर्ष ५९ की सुक कुमारी गुरुङ ।
१४. कास्की मादी -९ मिजुरे घर भई हाल पोखरा -१० मिलनटोल बस्ने नर बहादुर नेपाली की श्रीमती बर्ष ३५ की सीता नेपाली ।
१५. स्याङ्जा बिरुवा -५ घर भई हाल पोखरा -१० मिलनटोल बस्ने प्रेम बहादुर थापाको छोरा बर्ष ३९ को लिलमान थापा ।
१६. पोखरा -१३ आर्बा बस्ने चेत बहादुर गुरुङको छोरा बर्ष ५१ को यम बहादुर गुरुङ ।
१७.पोखरा -१२ ढिकालेथर बस्ने समानसिंह गुरुङको छोरा बर्ष ४० का बिनोद गुरुङ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button