मेस्सी र रोनाल्डो खेल्लान् एउटै क्लबबाट ?

पोखरा । इटालियन फुटबल क्लब युभेन्टसले आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बार्सिलोना पठाउन प्रस्ताव गरेको स्पेनिस मिडियाहरुले दाबी गरेका छन् ।

यदि बार्सिलोनाले उक्त प्रस्ताव स्वीकार गरेमा आधुनिक विश्व फुटबलका दुई हस्ती एकै टोलीबाट खेलेको देख्न दर्शकहरुले पाउनेछन् । युभेन्टसले रोनाल्डोको अत्यधिक पारिश्रमिकको भारबाट मुक्त पाउन यस्तो प्रस्ताव राखेको दाबी गरिएको छ । यस अघि रोनाल्डो फ्रान्सको पेरिस सेन्ट जर्मेन क्लब प्रस्थान गर्ने हल्ला चलेको थियो ।

३५ वर्षीय रोनाल्डोले युभेन्टसबाट यस सिजनको सिरि आ उपाधि जिते टोली च्याम्पियन्स लिगको अन्तिम ८ मा छनोट हुन भने असफल भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button