पोखराका १ सहित गण्डकी प्रदेशमा थप ४ मा कोरोना पुष्टि

पोखरा । पोखराका १ जना सहित गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार साँझ पोखरा-२६ का १ पुरुष सहित पर्वत, नवलपुर र लमजुङका १-१ गरि ४ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।

संक्रमण पुष्टि हुनेमा २० देखि ४९ वर्षका रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ६० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button