राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना पुष्टि

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीको बन्द परीक्षणमा सहभागी हुन आएका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडीसहित प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारी गरि ५४ जनाको कोरोना परीक्षण गरिएकोमा हिजो ५३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

बाकिँ एक जनाको नमुना पुन परीक्षणका लागि पठाइएकोमा आज नतिजा पोजिटिभ आएको हो । खेलाडीहरुको लगनखेल स्थित पाटन अस्पतालमा स्वाब संकलन गरि परीक्षण गरिएको एन्फाले जनाएको छ ।

नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने तालिका थियो । कोरोना महामारीका कारण विश्वकप छनोट र एसियन छनोटका खेलहरु भने रद्द भइसकेका छन् भने बन्द परीक्षण कार्यक्रम पनि पछि स्थगित भइसकेको छ । कतिपय खेलाडीहरु घरसमेत फर्किसकेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button