भियतनामले रसियाको कोरोना भ्याक्सिन खरिद गर्दै

पोखरा । भियतनामले रसियाले निर्माण गरेको कोरोना भ्याक्सिन खरिद गर्ने भएको छ ।

भियतनामको स्वास्थ्य मन्त्रालयलाई उद्दृत गर्दै त्यहाँको राष्ट्रिय टेलिभिजनले ५ देखि १५ करोड भ्याक्सिनको डोजका लागि रसियासँग सम्झौता भएको जनाएको हो । उक्त डोजमध्ये केही हिस्सा रसियाले सहयोगका रुपमा उपलब्ध गराउने छ भने बाकिँ भ्याक्सिन भियतनामले खरिद गर्ने भएको हो । खोपको सम्झौता गरे पनि देशले आफ्नै खोपको विकास गर्न पनि प्रयास जारी राख्ने पनि जनाइएको छ ।

बुधबार अबको दुई सातामा कोरोना भ्याक्सिन सार्वजनिक गर्ने बताएको रसियाले विभिन्न २० देशले भ्याक्सिनको माग गरिसकेको जनाएको छ । विश्वका वैज्ञानिक तथा स्वास्थ्य विज्ञले भने तेस्रो चरणको परीक्षण बिना भ्याक्सिनलाई प्रयोगमा ल्याउँदा खतरा हुनसक्ने बताउँदै आएका छन् ।

मन्त्रालयले भ्याक्सिन कहिले आइपुग्ने वा कति खर्च लाग्ने भन्ने बारे भने केही जनाएको छैन । यस अघि भियतनामले २०२१ को अन्त्यसम्म आफैले कोरोना भ्याक्सिनको विकास गर्ने मन्त्रालयले बताएको थियो । चीनको नजिक रहेर पनि कोरोना महामारीलाई धेरै हदसम्म नियन्त्रणमा लिएको भियतनामको मोडेललाई विश्वभर नै प्रशंसा गरिदै आएको छ । तर जुलाई २५ मा संक्रमणको नयाँ क्लस्टर देखिए पछि स्वास्थ्यका मापदण्ड पालनामा कडाई गरिएको थियो ।

भियतनाममा हालसम्म ९ सय ११ जनामा मात्र कोरोना संक्रमण पुष्टि हुँदा २१ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button