कास्कीमा हाइड्रोका सिभिल इञ्जिनियर मृत फेला

पोखरा । कास्कीमा हाइड्रोपावरमा कार्यारत एक सिभिल इञ्जिनियर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्त शुक्रबार दिउँसो करिब १२ बजे कास्कीको मादी गाउँपालिका-२ क्युरोखोलामा मृत अवस्थामा फेला परेका हुन् ।

मादी गाउँपालिका-२ सेती खोला नामार्जुन हाइड्रोपावरमा सिभिल इञ्जिनियर पदमा कार्यारत पन्त शुक्रबार राति खाजा खान हिँडेका थिए । त्यस पछि बेपत्ता भएका उनको शव आज दिउँसो खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button