‘तारे भिरमा बुकी’ गीतमा कबिर र सारिकाको अभिनय (भिडियो )

पाेखरा। कबिर खड्का र सारिका केसीको जोडदार अभिनय रहेकाे “तारेभिरमा बुकी” गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

रमाइलो डान्सिङ शैलीको यस गीतमा धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ। गीतका शब्द सुमन श्रापितले लेखेका हुन्। बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका छन्।

रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सह-निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।

गायक रोकायाको पहिलो प्रयास स्वरूप प्रस्तुत गरिएको यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button