नवलपरासीमा थपिए २ कोरोना संक्रमित

पोखरा । नवलपरासीका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-१ का थप दुई पुरुष संक्रमित फेला परेको जनाएको हो । संक्रमण पुष्टि हुनेमा ३७ र ४२ वर्षका दुई पुरुष रहेको जनाइएको छ ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको पनि निर्देशनालयले जानकारी दिएको छ । यस सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय २१ पुगेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ५ सय २७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button